JanataToday.com

Advertisment

SKIP THIS

नेपाल एभरग्रिनको २० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

नेपाल एभरग्रिनको २० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

बुटवल । बुटवल–१७ मोतिपुरमा रहेको नेपाल एभरग्रिन पब्लीक इङ्गलिस स्कुलले २० औँ बार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

बिद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष उमानन्द घिमिरेको अध्यक्षतामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख लोकराज पन्थी,विशिष्ट अतिथि प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली रहेका थिए ।

कार्यक्रममा बोल्दै पौडेलले राज्यको कुनै सहयोग विना पनि निजी क्षेत्रबाट सन्चालित विद्यालयहरुले राम्रो प्रगति गरेको बताए । कार्यक्रममा विद्यालयका प्राचार्य कपिलमणी ढकालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव दिवाकर घिमिरेले विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी अभिभावक माया कंडेल र विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्र सिमा सारुले पनि मन्तव्य राखेकी थिईन् ।

कार्यक्रममा सियारी प्याब्सन अध्यक्ष लोक शर्मा बस्याल, रेप्सा रुपन्देहीका अध्यक्ष कुलराज शर्मा, वार्ड १८ का अध्यक्ष तथा जनप्रतिनिधी होमनाथ आचार्यलगायतको उपस्थिती रहेको थियो ।

बार्षिकोत्सवका अवसरमा शैक्षिक सत्रमा उत्तीर्ण तथा विभिन्न खेलकुदमा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयका सहायक प्राचार्य विष्णु अर्यालको स्वागत मन्तव्यमा कार्यक्रमको सन्चालन शिक्षकहरु मित्रलाल चापागाईँ र अर्जुन अर्यालले गरेका थिए ।

२०६२ सालदेखि निरन्तर रुपमा एसएलसी कक्षा सञ्चालन भएको सोहि क्रममा जानकारी गराईएको थियो । बिद्यालयमा ५ सय ५४ जना बिद्यार्थी साथै ३४ जना नयाँ बिद्यार्थीले अक्षरारम्भ गरेका छन् भने बिद्यालयमा सबै गरी ३७ जना कर्मचारीहरु रहेको बिद्यालयका प्र.अ. ढकालले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij