JanataToday.com

Advertisment

SKIP THIS

बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं : एसीसी यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

१४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८. ४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको थियो।

यसअघि नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो।

अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।  एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij