सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

सुडानमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा २० जना नागरिकको ज्यान गयो

सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर क्षेत्रका गभर्नरले मिन्नी मिनावीले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका गभर्नर मिनावीले बताउनुभएको छ । उहाँले हिजो भएको आक्रमण पूर्ण आपराधिक कार्य भएको भन्दै स्वतन्त्र छानविनको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएकोछ । उहाँले अन्तर्राष्ट्रिय समुदाय र मानवीय सङ्गठनहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउन आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।

आरएसएफले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । गएको वर्षको अप्रिलदेखि सुडानी सशस्त्र बल ९एसएएफ० र आरएसएफबीच द्वन्द्व भइरहेको छ । पछिल्लो द्धन्दमा मात्रै २७ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । १४ लाख जना मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij