रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण

रोटरी डाउनटाउनको लैगिक हिसा विरुद्ध अभिमुखिकरण

बुटवल,
लैगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत रोटरी क्लब अफ बुटवल डाउनटाउनले अभिमुखिकरण कार्यक्रम गरेको छ । देवदह नगरपालिकास्थित चेली कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा क्लबले बुधबार अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नं ७ का कार्यबाहक वडाअध्यक्ष कृष्ण माया गुरुङले लैगिक हिसा विरुद्ध सचेतना कार्यक्रमसंगै ब्यवहारमा उतार्न जरुरी रहेको बताईन । ग्रामिणभन्दा पनि शहरी क्षेत्रमा हिसाको घटना बढि हुने गरेको तथ्याकमा देखिएको भन्दै हिसा न्युनिकरणका लागि समाजको सबै पक्षको भुमिका महत्वपूर्ण हुने बताईन ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले लैगिक हिसा विरुद्धको अभियानबारे अझै पनि सहि परिभाषा दिन चुकेको दाबी गरे । लैगिक हिसाले केवल महिला हिसाका रुपमा बुझन नहुने भन्दै यसको वृहत परिभाषा समाजमा बुझाउन जरुरी रहेको उनले बताए । समयमा नै यो समस्या रोक्न सके ठुला दुर्घटनाहरु हुनबाट रोक्न सकिने उनले बताए । महिलाहरुलाई आत्मनिर्भर बनाउन सके धेरैमात्रमा घरेलु हिसा न्युनिकरण हुने भन्दै यसैका लागि क्लबबाट विगत लामोसमयदेखी ब्यवसायिक सीपमुलक तालिम दिदै आएको उनले बताए ।

कार्यक्रममा श्री चेली कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वती अर्याल, कार्यक्रममा क्लबका तेज कुमारी लुईटेल, मुना बस्नेत, सहकारीकी साबित्रा बश्यालले लैगिक हिसाका बारे समुदायमा बुझाउने गरि थप कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij