बुटवल । मणिमुकुन्द छैटो प्रदेशस्तरी पुरुष भलिवल प्रतियोगितामा रुपन्देही जिल्लाभलिवल संघले जित हत पारेको छ ।
जिल्ला भलिबल संघ रुपन्देहीले गुल्मीलाई पराजित गर्दे छैटौ मणिमुकुन्द कप ५ नं. प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधि उचालेको छ । फाईनल खेलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देही उपाधि चुमेको हो ।
उपाधिसंगै रुपन्देहीले नगद १ लाख १ हजार सहित कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपविजेता गुल्मी नगद ७१ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
यसैगरि जिल्ला भलिबल संघ नवलपरासी तृतिय स्थान हासिल गर्दै नगद ४४ हजारसहित कप, मेडल, प्रमाणपत्र तथा जिल्ला भलिबल संघ पाल्पा सान्त्वना स्थान हासिल गर्दै नगद २२ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गुल्मीका विक्रम थापा घोषित हुदै नगद ५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
प्रतियोगिताको रुपन्देहीका लोकेन्द्र भण्डारी उत्कृष्ट सटर, पाल्पाका देउबहादुर सेन्जाली उत्कृष्ट ब्लकर, रुपन्देहीका थमन खत्री उत्कृष्ट स्पाईकर, गुल्मीका डोल बहादुर थापा उत्कृष्ट डिफेन्स, गुल्मीका मौसम कुवँर उत्कृष्ट सर्भर, रुपन्देहीका पुरन थापा उत्कृष्ट क्वीक स्पाईकरलाई नगद २ हजार ५ सय, कप, प्रमाणपत्रबाट पुरस्कृत गरियो यसैगरि नवलपरासीका गोपाल चौधरी उदयमान खेलाडीबाट पुरस्कृत भए ।
जिल्ला भलिबल संघ बाके अनुशासित टिमबाट पुरस्कृत भएको छ ।
बुटवल मण्डपमा दर्शकको अत्याधिक सर्पोट पाएर हौसिएको गुल्मीका खेलाडीहरु अन्तिमसम्म भिडेका थिए । पहिलो सेट २५–१८ अंकको सेटमा रुपन्देहीले आफनो पक्षमा पार्दै अग्रता लिएको थियो ।
तर दोस्रो सेट भने गुल्मीले २५–१५ अंक जित निकाल्दै खेल बराबरी ल्याएको थियो । तेस्रो सेट पनि गुल्मीले २५–२३ जित निकालेर खेलमा अग्रता लियो । चौथौ सेटमा भने रुपन्देहीले २६–२४ अंकले जित हासिल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो । अन्तिम तथा निर्णायक अंकमा १५–१२ अंकले जित्दै रुपन्देही पुनः उपाधि चुमेको हो ।
मणिमुकुन्द भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई एक कार्यक्रमका बिच प्रदेश नं. ५ का खेलकुद विकास समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, क्लबका सल्लाहका टुक बहादुर क्षेत्री
क्लबका अध्यक्ष मिलन राना, संयोजक सुरेन्द्र गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।






तस्बीरहरू ध्रुबशरण ढुंगाना
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्