JanataToday.com

Advertisment

SKIP THIS

एनपिएल: चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीको जित

एनपिएल: चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीको जित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले पहिलो जित हात पारेको छ।

१३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै भेट्टाएको हो। कर्णालीका लागि शिखर धवन ४५, देव खनाल २५, चाडविक वाल्टन ३० रन र अर्जुन घर्तीले ११ रन योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे।

चितवनका लागि कप्तान मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे।

त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए।

कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र नन्दन यादवले समान एक एक विकेट लिए।

चितवन एनपीएलमा अपराजित यात्रा कर्णालीले रोकिदिएको छ। तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

कर्णाली भने जितविहीन थियो। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जित हात पारेको छ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij