बुटवल,
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो इतिहासका बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउनुपर्नेमा जोड दिनुभयो। भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र विकास सम्भव रहेको बताउँदै उहाँले सम्पूर्ण मगरहरुलाई एकताको शुत्रमा बाधिन आग्रह गर्नुभयो। बुटवलको जितगढी किल्लामा २ दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता वाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम भएका थिए ।
महोत्सव अन्तरगत सम्पन्न मातृभाषा कविता वाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुन सफल भएका छन् । उहाँलाई नगद रु। १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसै गरी सिन्धुलीका भवानी आले द्वितीय भइ नगद रु। ७ हजार पुरस्कार राशी प्राप्त गर्नुभयो भने रुकुमका गोपाल पुन तृतीय भइ नगद रु। ३ हजारसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ । त्यसै गरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो ।

त्यसै गरी आदिकवि जितबहादुरसिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समिति ९रासस० का पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ ।
महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघका सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
समापनको अवसरमा आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्माला थापाले उपस्थितहरुलाई आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो । त्यसै गरी मेला व्यवस्थापन समिति संयोजक केशरी तरामुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । महोत्सवका सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसनका लागि जेबी दर्लामीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्