काठमाडौं – यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा आयोजना हुने एसीसी यू-१९ वुमन्स एसिया कपको लागि नेपाल यू१९ महिला टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
युएईमा भएको आईसीसी यू१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट एक खेलाडी बाहेक सबैले टिममा निरन्तरता पाएका छन् ।
छनोट खेलेकी मनिषा उपाध्यया टिम बाहिर हुँदा किरण कुमारी कुँवर र अनु कडायत टिममा थपिएका छन् । बाँकी १३ खेलाडी टिममा यथावत नै छन् ।
उपकप्तानमा सोनी पाख्रिन छन् । यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।
महिला यू१९ एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह बी मा छ ।
नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्