काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो।
विराटनगरका लागि राजेश पुलामी मगर २५, दिपक बोहरा २० , स्कट एडवार्ड १५,, बसिर अहमद १३, निकोलश किर्तन १२, लोकेश बम ९,इस्मत आलम ५, क्रिश सोल एक, सन्दीप लामिछाने शून्यमा आउट भए।
जेरार्ड एरासम तीन, दिपेश कंडेल दुई , डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले एकएक विकेट लिए।
जारी एनपीएलमा काठमाडौंले ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेको छ काठमाडौं तालिकाको पाँचौं स्थानमा छ। समान खेलमा ४ अंक जोडेको विराटनगर छैटौं स्थानमा छ।
प्रकाशित मिति : आइतबार, मंसिर ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्