काठमाण्डाै – जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।
आज भएकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायाे । जनकपुरले दिएकाे १ सय ४० रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशाेर महताेले १/१ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायाे । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
याे खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा भाेलि कर्णाली याक्ससँग खेल्नेछ । याे खेलमा विजयी हुने टाेलीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएकाे इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।
फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रकाशित मिति : बुधबार, पुष ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्