युसीएमएसमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

युसीएमएसमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

भैरहवा,
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल ९युसीएमएस० मा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको थियो ।युसीएमएसको पार्किङ क्षेत्रमा रहेका रुख कटान गर्ने क्रममा शुक्रबार बिहान करिब १०ः३० बजे बम फेला परेको थियो । प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेकोे प्रहरी–प्रशासनलाई जानकारी गराइएको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताए । अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अस्पताल परिसरमा फेला परेको बम द्वन्द्वकालमा राखिएको हुन सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जानकारी दिए । बमलाई भैरहवास्थित कालीभक्ति गण ९ई० बाट आएको टोलीले करिब १ बजे डिस्पोज गरेको थियो ।

प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाधेर त्यसमा घडी, ब्याट्री लगायतका उपकरण जडान गरिएको गियो ।

प्रकाशित मिति : शुक्रबार, पुष ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij