JanataToday.com

Advertisment

SKIP THIS

महिला प्रजनन प्रशिक्षण

महिला प्रजनन प्रशिक्षण

बुटवल । १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ईनरह्वि क्लव अफ रुन्देहीले महिलाको प्रजनन स्वास्थ्य सम्बन्भी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत तथा अन्य ब्यक्तिहरुलाई पनि जानकारी प्रदान गर्न सक्ने ब्यक्तिहरुलाई प्रशिक्षण प्रदान गरीएको थियो ।

महिलाहरुमा प्रजनन शिक्षाको अभावले हुने समस्या अब नहोस भन्नका लागि यो कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष हेमा न्यौपानेले जानकारी दिईन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका बडा नम्बर ११ का वडाअध्यक्ष राम चन्द्र खनाल क्षेत्री,मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीलगायतले बोल्दै महिलाहरुलाई प्रदान गरीएका यस किसिमका तालीमले महिलाहरुमा क्षमता तथा शक्ति बढाउने उनको बिश्वास छ ।

कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षण माधुरी ज्ञवालीले प्रदान गरेकी थिईन् ।

कार्यक्रमको संयोजन नेपाल स्वयमसेवी संघ प्रदेश ५ की सचिव पुस्पा शर्माले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन क्लवकी सचिव उमा अर्यालले गरेकी थिईन् ।

कार्यक्रममा नेपाल स्वयमसेवी संघ प्रदेश ५ का सदस्य तथा जनजागरण आमा समुहका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij