रास्वपा- सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने

रास्वपा- सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने

आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने भएका छन्।

जिल्ला अदालत कास्कीमा आइतवार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस नभएपछि हिरासतमै फर्काइएको हो।

लामिछानेसहित सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थुनामा रहेका ५ जना प्रतिवादी थुनछेक बहस नसकिउञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन्।

सोमवार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तोकिनेछ। त्यसपछि दुवै पक्षको बहस‚ प्रतिबहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन्।

अदालतका अनुसार आइतवार अबेर मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमवार थुनछेक बहस शुरु हुनेछ।

यसअघि जिल्ला अदालत कास्कीले सातौँ पटक प्रहरीलाई शुक्रवारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो।

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij