दाङमा मोटरसाइकल दुर्घटना,प्रहरी जवानको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना,प्रहरी जवानको मृत्यु

दाङ ,
दाङमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार चौधरी पूर्व–पश्चिम राजमागअन्तर्गत लमही नगरपालिका–७ पदमिनी खोलास्थित लु १ ख ९३५२ नम्वरको ट्रकमा लुम्बिनी प्रदेश ०१–००२ प ११४८ नम्वरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक रुपन्देही जिल्ला स्यारी गाउँपालिका–४ निवासी २९ बर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij