JanataToday.com

Advertisment

SKIP THIS

इन्डो–नेपाल रनिङ शिल्ड

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा बिहान ११ बजे आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र खेल्दैछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी यसअघि अस्ति बुधवार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । यस्तै हिजोको खेलमा रुकुम पश्चिम पनि मणिमुकुन्द भलिबल क्लबसँग हारेको थियो ।

यसैबीच आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे एपीफ र भारतको गुजरात स्टेट भलिबल क्लब खेल्दैछन् । यसअघि एपीएफ र गल्कोटबीचको हिजोको खेल स्थगित भएको थियो ।

अस्ति बुधवारदेखि शुरू भएको प्रतियोगिता यही पुस २४ गते आउने बुधवारसम्म चल्नेछ ।

प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij