JanataToday.com

Advertisment

SKIP THIS

बैतडीले जित्यो प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि

बैतडीले जित्यो प्रधानमन्त्री कप महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधि

काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । हिजो बिहीवार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले जितेको हो ।

फाइनल खेलमा जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । बैतडीले पाएको ७२ रनको लक्ष्य १२ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् ।

यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बैतडीका लागि जानकी थापाले २ विकेट लिइन् । जानकी ओम्यान अफ द फाइनलसमेत चुनिइन् । यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् ।

कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बनिन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका सात टोलीको सहभागिता थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।

प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij