संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक आज बस्दै

संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक आज बस्दै

काठमाडौं ,

संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक आज बस्दैछ। महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुनेछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको संविधानको धारा २६५ बमोजिम गठन भएका आयोगहरूको संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरवलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धमा छलफल हुनेछ।

दुवै समितिको बैठक ऐले एघार बजे सिंहदरबारस्थित समितिकोे कार्यकक्षमा बस्ने बस्नेछ। विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचि राखिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ।

यी दुवै समितिको बैठक साढे ११ बजे बस्नेछ। यस्तै राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्नेछ।

प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij