JanataToday.com

Advertisment

SKIP THIS

राखेपका नवनियुक्त उपाध्यक्ष आचार्यद्वारा पद वहाली

राखेपका नवनियुक्त उपाध्यक्ष आचार्यद्वारा पद वहाली

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्  का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पद वहाली गर्नुभएको छ ।

उहाँलाई युवा तथा खेलकुद मन्त्रालयमा सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । त्यसपछि राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायत पदाधिकारीले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गर्नुभएको थियो ।

पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप महानगरपालिका-७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधी सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त रहँदै आएको थियो । आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : सोमबार, पुष २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij