JanataToday.com

Advertisment

SKIP THIS

आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ ।

फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि ७४ रनमा अलआउट भयो । आर्मीका इमरान शेखले २८ तथा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले ६ र ललित राजवंशीले ४ विकेट लिए ।

पुलिसले दाेस्राे पारीमा १ सय ३९ रन बनाएकाे थियाे । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ५/५ विकेट लिए ।

यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाएको थियो ।

प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति : बिहिबार, माघ ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij