राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर

बुटवल,

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा संगठित अपराध सम्बन्धी पुरक मुद्दा आइतबार रूपन्देही जिल्ला अदालतमा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत बैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते प्रतिवादीहरूबारे रायसहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अध्ययनपछि अभियोगपत्र तयार गरी अदालतमा पेश गरिएको हो । अभियोगपत्रमा लामिछानेको व्यक्तिगत दायित्वमा दुई करोड र सामूहिक दायित्वमा थप दुई करोड गरी चार करोडभन्दा बढी बिगो माग गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । सहकारी ठगी अभियोगमा लामिछाने ६५ लाख धरौटी बुझाएर र जोशी ८८ लाख धरौटी बुझाएर हिरासत मुक्त भएका थिए । रूपन्देहीमा पूरक अभियोग दर्ता भएसँगै थुनछेक बहस हुनेछ । यसका साथै, चितवन र पर्साका अन्य सहकारी प्रकरणमा पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ ।

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गरेको थियो ।

प्रकाशित मिति : आइतबार, माघ ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij