बुटवल -इडन बोर्डिङ स्कुल बुटवल ११ नहरपुरले इडन स्पोर्ट्स मिट २०८१ को उद्घाटन गरेको छ। तीन दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटको आज उद्घाटन गरिएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विद्यालयका अध्यक्ष नकुल शाही ठकुरीले गर्नुभएको थियो । उहाँले यस्ता खेलकुदका कार्यक्रमले विद्यार्थीहरूको प्रतिभालाई बढुवा दिनुका साथै विद्यार्थीहरुलाई खेलकुदप्रति रुचि बढाउन मद्दत पुग्ने पनि बताउनुभयो । विद्यालयका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष शिवहरी भट्टराईले विद्यालयले विद्यार्थीहरूको रुचि र क्षमता अनुसार विद्यार्थीहरूलाई नै फाइदा हुने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बताउनुभयो । उहाँले विद्यालयले सञ्चालन गर्ने यस्ता खाले खेलकुदसँगै रचनात्मक कार्यक्रमहरूले अन्य विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न विद्यार्थीहरुलाई पनि रुचि जगाएको जसका कारण विभिन्न सङ्घसंस्था तथा विद्यालयहरूले सञ्चालन गरेका प्रतियोगिताहरूमा उत्कृष्ट हुने गरेको उल्लेख गर्नुभयो।
स्पोर्ट्स मिटको हाइड्रोजन बेलुन उडाएर तथा भलिबल खेलको रिबन काटेर उद्घाटन गरिएको थियो । भलिबल,कबड्डी,तेक्वान्दो,एथलेटिक्स तथा विभिन्न मनोरञ्जनात्मक खेलका कार्यक्रम संचालन हुने छन् । खेल८,९ र १० गते सम्म सञ्चालन हुने खेलकुद कार्यक्रमको संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख आरभ श्रेष्ठले बताउनुभयो । स्पोर्ट्स मिट कार्यक्रमको सञ्चालन विद्यालयका उप प्राचार्य कुशल बस्यालले गर्नुभएको थियो।
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्