काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ।
नेपालकी कप्तान इन्दु बर्माले यो शृङ्खला आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्। उनले नेपालको टोली सन्तुलित रहेको भन्दै राम्रो प्रदर्शन गर्ने बताइन्।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन्।
माघ २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
प्रकाशित मिति : बिहिबार, माघ १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्