भगवती मा. बि. को ६४ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

भगवती मा. बि. को ६४ औ बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

 

गुल्मी-कालिगण्डकी गा पा-२, अर्बेनी गुल्मीमा रहेको भगवती मा वि ले आज एक कार्यक्रमका माझ आफ्नो ६४ औ बार्षिक उत्सव मनाएको छ।विद्यालयले शुक्रवार वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरले शिक्षालाई जीवन उपयोगीका रुपमा लिनुपर्ने र सोहीअनुसार अध्यापन गराउनु पर्नेमा जोड दिएका छन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश उपसभामुख मेनका खाड के सिले ६ दशक लामो इतिहाँस बोकेको यो विद्यालय आफैमा गौरवशाली विद्यालय भएको बताउनुभयो ।बार्षिकोत्सब साधारण एक दिन मात्रै नभएर वार्षिक उपलब्धी प्रतिभा र सम्पुर्ण प्रयासलाई उजागर गर्ने दिनको रुपमा मनाइने बताउदै विद्यालयलाई यहाँसम्म ल्याउनको लागी योगदान पुर्याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । अबको दिनमा अझै उत्कृष्ट नतिजाको लागी विद्यार्थी ,शिक्षक र अभिभावक सबैको सम्वाद र सहकार्यबाटनै विद्यालय उत्कृष्ट बन्न सक्नुका साथै गुणात्मक नतिजा प्राप्त गर्न सक्ने बताउनुभयो ।

 

त्यस्तै लुम्बिनी प्रदेश सासंद तारा थापाले लुम्बिनी प्रदेशको कार्यविधी पास भयो भने भगवती माविलाई भवन निर्माणको लागी बजेट विनियोजन गर्ने बताउनुभयो ।विद्यालयको स्तर बृद्धि र विकासको लागी आफ्नो पहल रहने बताउनुभयो । उहाँले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझै शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल हुनपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यपक रमेश न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी लाई सैद्धान्तिक ज्ञानले मात्र प्रयाप्त नभएको हुँदा अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउनुभयो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी एवम सहयोगदाताहरुलाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रममा कालिगण्डकी गाँउपालिका उपाध्यक्ष मन्जु कुमारी दर्लामी,कालिगण्डकी-२, का वडा अध्यक्ष रेशम न्यौपाने, गल्याङ्ग नगर पालिका-५, का वडाध्क्ष घनश्याम भट्टराई, शालिग्राम मा वि का सहायक प्र अ पशुपती न्यौपाने, राष्ट्रिय जनमोर्चा, गुल्मीका अध्यक्ष रामकृष्ण क्षेत्रीय, कालिगण्डकी-२ का वडा सदस्य शेर ब बुढा लगायतको शुभकामना मन्तव्य रहेको थियो।

विद्यालयमा यहि १४ गते देखी विभिन्न कार्यक्रम अभिभावकको बिचमा खेलकुद कार्यक्रम विद्यार्थीहरुका बिचमा विभिन्न कार्यक्रम गरि आज मुल समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षक मुक्ती प्रसाद काफ्ले र नारायणी गाहाको सन्चालन तथा शिक्षक भिम प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको थियो।

 

प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij