तिलोत्तमाको शृङ्गेश्वर धाममा धार्मिक महा महोत्सवमा श्रद्धालु भक्तजनहरुको घुईचो

तिलोत्तमाको शृङ्गेश्वर धाममा धार्मिक महा महोत्सवमा श्रद्धालु भक्तजनहरुको घुईचो

तिलोत्तमा , मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर ज्ञान बिज्ञान महायज्ञको संचालन भईरहेको छ। महायज्ञमा दैनिक हजारौ श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ ।

विहिवार माघ २४ गतेदेखि शुरु भएको ज्ञान बिज्ञान महायज्ञ फागुन २ गतेसम्म संचालन हुने छ । महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओम प्रकाश सुवेदीले कथा वाचन गर्नुभएको छ । जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले महायज्ञलाई सफल बनाउन सबैले पहल गर्नु पर्ने धारणा राख्नु भयोे । हरेक दिन प्रातःकालमा योग एंवं ध्यान शिविर, नित्य पुजा एवं पाठपारायण, सङ्गगितमय श्रीमद्भागवत कथा प्रवचन, देव लिला दर्शन, सन्त महन्त सम्मान भएको छ । महोत्सबको पाचौं दिन सम्म आईपुग्दा ४० लाख बढी आर्थिक सहयोग संकलन भएको धामका कोषाध्यक्ष एवं आर्थिक शाखा प्रमुख मोतिलाल भण्डारीले बताउनु भयो । उहाँले यो सदासयता अन्तिम दिनसम्म पनि रहने बताउनुहुन्छ।

प्रकाशित मिति : सोमबार, माघ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij