तानसेनमा इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते

तानसेनमा इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते

पाल्पा, जिल्लाको तानसेन नगरपालिकाको जोगीपानीस्थित पाल्पा– गुल्मी सडक खण्डमा इभी गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हार्थोकदेखी तानसेनतर्फ आउँदै गरेको लु. प्रदेश ०१००१ ज ००७१ नम्बरको इभी गाडी र विपरित दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाइकल  ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाईकल चालक गुल्मी छत्रकोट गाउँपालिका –१ हुँगाका ३८ वर्षीय प्रकाश पाण्डे र मोटरसाईकल पछाडी सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षीय कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते मध्ये चालकको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई मिसन अस्पताल पाल्पा पुर्‍याई उपचार भईरहेकोमा थप उपचारको लागि हेलिकप्टरद्वारा ट्रमा सेन्टर अस्पताल काठमाडौं रिफर गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, माघ ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij