JanataToday.com

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ जना बन्द प्रशिक्षणमा बोलाइए

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ जना बन्द प्रशिक्षणमा बोलाइए

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर युगान्डा भ्रमणबारे जानकारी गराएको हो ।

युगान्डा भ्रमणका लागि क्यानले १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले कप्तान इन्दु बर्मासहित रुबिना बेल्वासे, बिन्दु रावल, अलिशा यादव, साना प्रभीन, राजमती ऐरी, रोमा थापा, ममता चौधरी, ईश्वरी विष्ट रहेका छन् । यस्तै पूजा महतो, कविता जोशी, मनिषा उपाध्याय, सबनम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का बन्द प्रशिक्षण टोलीमा छन् । रिया शर्मा र सिमाना केसी पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अटाएका छन् ।

नेपाली महिला टोलीले आउँदो मार्च ६ देखि १७ सम्म युगान्डा भ्रमण गर्नेछ । युगान्डा भ्रमणमा नेपालले कुन र कति वटा खेल खेल्ने भन्ने निर्णय भइसकेको छैन ।

यसअघि नेपाली महिला टोलीले घरेलु मैदानमा त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपाली महिला टोलीले सबै खेल हारेको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij