JanataToday.com

Advertisment

SKIP THIS

क्रिकेटमय बन्दै रुपन्देही : पिएम कपका ४६ मध्ये ३२ खेल तिलोत्तमा र सिद्धार्थनगरमा

क्रिकेटमय बन्दै रुपन्देही : पिएम कपका ४६ मध्ये ३२ खेल तिलोत्तमा र सिद्धार्थनगरमा

बुटवल , प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर आयोजना हुँदा रुपन्देही जिल्ला क्रिकेटमय हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताका ४६ खेल मध्ये ३२ वटा खेल रुपन्देहीका २ वटा मैदानमा हुने भएको छ । रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ तथा तिलोत्तमा एक्स्ट्राटेक ओभलमा १५ वटा खेल हुने क्यानले जनाएको छ । यसैगरी लिग चरणका १४ वटा खेल दाङको लमहीमा हुने भएको छ । फाइनल खेल भने रुपन्देहीको सिद्धार्थनगरमा हुने छ । क्यानले गत संस्करणका ११ खेललाई रुपन्देहीको सिद्धार्थ रंगशालामा गर्दै पहिलो पटक पिएम कपका खेल उपत्यका बाहिर आयोजना गरेको थियो । यो संस्करणमा भने पिएम कपका सबै खेल उपत्यका बाहिर हुनेछन् ।

प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहने छ । लिग चरणमा सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष २ टोलीका बीच फाइनल खेल हुनेछ । फाइनल चैत १६ गते सिद्धार्थ रंगशालामा हुनेछ । पहिलो दिन कोशी र लुम्बिनी , बागमती र एपिएफ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij