मोतिपुर मा.वि: एसईई तयारीमा रहेका विद्यार्थीलाई शुभकामना

मोतिपुर मा.वि: एसईई तयारीमा रहेका विद्यार्थीलाई शुभकामना

बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ मोतिपुरमा रहेको मोतिपुर माद्यामिक विद्यालय बाट एसईई दिने विद्यार्थीहरुको लागी शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई मंगवबार एक कार्यक्रमका बीच शुभकामना कार्यक्रमको आयोजना गरिएको विद्यालयका आधारभुत इन्चार्ज नरेन्द्र कुमार शर्माले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई अविर र मायाको चिनो दिएर बिदाई गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ओम बहादुर घिमिरे बाबुरामको विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै सफलताको लागी मेहेनत नै प्रमुख तत्व रहेको भन्दै उत्कृष्ठ नजिताको लागी अध्ययनशीलताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा  विद्यालयका प्राधानाध्यापक लक्ष्मण मरासिनीले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि मोतिपुर माविले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थी अन्जली आचार्यको अध्यक्षता एवँ विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ओम बहादुर घिमिरे बाबुरामको प्रमुख आतिथ्य रहेको विदाई कार्यक्रममा विद्यालयका प्र.अ .लक्ष्मण मरासिनी ,विशिष्ट अतिथि भु पु विद्यार्थी समाजका अध्यक्ष उमानन्द घिमिरे ,शिक्षक जयराम ढकाल ,कक्षा ९ का छात्रा करुणा थापा,१० बाट लविसा दवाडी लगायतले बोल्दै एसईई परीक्षा दिने विद्यार्थीहरुलाई प्रगतिको शुभकामना दिनुभयो ।
कक्षा ९ का विद्यार्थी सफल भुसालको स्वागत तथा ९ का छात्र आयुष अधिकारी को सन्चालनमा सम्पन्न भएको हो । २०८१ सालको एसईई परिक्षामा मोतिपुर माविमा कुल ६९ विद्यार्थी परिक्षामा सहभागी हुदैछन ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij