अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा

अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा

काठमाडौँ – अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले रातोपाटीलाई जानकारी दिए । डिपोर्ट भएका नेपालीहरू ८ जना रहेको पनि उनले पुष्टि गरे ।

‘नेपाल ल्याइएसँगै उहाँहरूलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’

उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । प्रहरीले डिपोर्ट भएकाहरुबाट मानव तस्करीमा संलग्नहरुको नेक्सस खुल्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij