बुटवल-लुम्बिनी वेल्फेयर साेसाइटी नेपालकाे आठाैँ पूर्ण बैठक सम्पन्न भएको छ । मंगलबार बुटवलमा सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेकाे छ । सामाजिक काम गर्ने उदेश्यले गठन भएकाे संस्थाकाे वार्षिक साधारणसभा आगामी वैशाखमा गर्ने निर्णय भएकाे छ । त्यसैगरी यही फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन स्वयम् सेवी रक्तदाता समाजकाे आयाेजनामा हुने बृहत् रक्तदान कार्यक्रममा सह आयाेजककाे रुपमा सहभागी हुने निर्णय गरेकाे छ भने साे कार्यक्रमकाे संयाेजक सञ्चालक समिति सदस्य चन्दा थापालाई ताेकिएकाे छ । यसका साथै आगामी चैत्र महिनामा विपद् व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम गर्ने निर्णय गरेकाे संस्थाका अध्यक्ष डिएल शर्मा भुसालले बताए । यस्तै संस्थामा जिम्मेवारी बाँडफाँडको काम भने आगामी बैठकमा टुङ्ग्याउने अध्यक्ष शर्माले जनाएका छन् । त्यस्तै कुनैपनि सदस्य बिना जानकारी लगातार तीन पटकसम्म अनुपस्थित भएमा स्वतह पदमुक्त भई आजिवन सदस्य भए आजिवन/साधारण सदस्य भए सदस्यमा रहने अध्यक्ष शर्माले जानकारी दिए । मानवीय सेवा हाम्रो प्रतिवद्धता भन्ने मुख्य उदेश्यले २०६६ सालमा संस्था स्थापना भएकाे थियाे । संस्थाले स्थापना कालदेखि नै विदेशमा समस्यामा परेका सयाैँ महिलाहरुकाे उद्दारसमेत गरेकाे छ भने प्राकृतिक विपदमा परेका व्यक्तिहरुलाई आर्थिक सहयाेग गरेकाे अध्यक्ष शर्माले बताए । साथै विभिन्न समयमा विपद् व्यवस्थापनसम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको साे अवसरमा अध्यक्ष शर्माले जानकारी दिए । विभिन्न सामाजिक काम गरेकाे संस्था युएई सरकारद्वारा धेरै पटक सम्मानितसमेत भैसकेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्