JanataToday.com

Advertisment

SKIP THIS

चारदेशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले नामिबियासँग खेल्दै

चारदेशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले नामिबियासँग खेल्दै

काठमाण्डाै – युगान्डामा हुने चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

शृङ्खलामा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ छन् । शृङ्खलामा सबै टोलीले एकअर्कासँग समान २/२ खेल खेल्नेछन् । जसमा नेपालले भोलि युगान्डासँग खेल्नेछ भने पर्सि हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्ने तालिका छ ।

लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij