काठमाण्डाै – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।
हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले ३ बलअघि ४ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४७, पूजा महतोले नटआउट २० रन बनाइन् । हङकङकी इमा लाई र कौर महेकदीपले १/१ विकेट लिए । नेपालका दुई जना खेलाडी रन आउट भए ।
यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनायो । हङकङकी शानजीन शाहजादले ५४ रन बनाइन् । नेपालकी राजमैती ऐरीले ३, कप्तान इन्दु बर्माले २ विकेट लिए ।
प्रतियाेगिताकाे समूह चरणमा नेपालले ६ खेलमा २ वटा जितेको छ । अब नेपालले तेस्रो स्थानमा लागि पर्सि आइतवार प्लेअफ खेल्नेछ । यस्तै अहिले भइरहेको युगान्डा र नामिबियाबीचको खेलपछि शीर्ष २ मा रहेर फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।
नेपाल हिजो युगान्डासँग ४० रनले पराजित भएको थियो । यसअघिको भेटमा भने नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको फाइनल खेल पनि आइतवार नै हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्