JanataToday.com

Advertisment

SKIP THIS

मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीकाे चाैथाे जीत

मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीकाे चाैथाे जीत

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराएको छ ।

लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर ५ बलमा ७५ रन बनाउँदा अलआउट भयो । मधेशका दिपेश दासले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ४, बिप्रसन केसीले ३ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो । लुम्बिनीका आकाश त्रिपाठीले ७३ रन बनाए । मधेशका विशाल पटेल र कमल गुप्ताले ३/३ विकेट लिए ।

प्रतियोगितामा लुम्बिनीको यो पाँच खेलमा चौथो जीत हो भने मधेशको चार खेलमा तेस्रो हार हो ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij