बुटवलमा भएको फेशन डिजाईनरको उपाधी नवलपरासीकी चौधरीले जितिन्

बुटवलमा भएको फेशन डिजाईनरको उपाधी नवलपरासीकी चौधरीले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको नेभारा फेशन डिजाईनर कन्टेस्टको उपाधी नवलपरासीकी शान्ति चौधरीले जितेकी छन् ।

नेभारा फेशन डिजाईनर इन्ष्टिच्यूटको आयोजनामा बुटवलमा भएको फेशन डिजाईनर कन्टेस्टमा नवलपरासीकी २२ वर्षिया चौधरीले १७ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै उपाधी सहित ताज, मेडल र प्रमाणपत्र हात पारेकी हुन् ।

फेशन डिजाईनर कन्टेस्ट, क््रयोलन प्रिन्सेस इभ नाम दिइएको प्रतियोगितामा बुटवलकी विनीता थापा फस्ट रनरअप, बुटवलकै माईया थारु सेकेण्ड रनरअप र रिना थापा क्षेत्रीले भिवर च्वाइसको ताज जितेकी हुन् ।

उनीहरुले उपाधी सहित ताज, मेडल र प्रमाणपत्र हात पारका छन् । कार्यक्रममा प्रतिस्प्रर्धी सहभागिहरुले नेपाली, आधुनिक तथा जातिय भेषभुषामा आधारीत पोषाक सहितको फेशन÷पहिरन प्रस्तुत गरेका थिए ।

नेभारा फेशन डिजाईनर इन्ष्टिच्यूटका प्रवन्ध निर्देशक धुर्व रानाको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लको आतिथ्यतामा भएको कार्यक्रममा सत्य साई कला केन्द्रका प्रमुख सुन्दर गुरुङ्ग, साधन कला केन्द्रका प्रमुख अनु रजक, यम पुन, शिव गुरुङ्ग, प्रियंका थापा, नेभारा फेशन डिजाईनर इन्ष्टिच्यूटका प्रिन्सिपल मुना राना लगायतले विजयी प्रतिस्प्रर्धीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कोरियोग्राफर जोशनमान गौचनको कोरियोग्राफि, न्यू एज फेमली सलुनकी ब्यूटिसियन रोमा पुन तरामुको मेकअप र संचारकर्मी सुनम श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रतिस्प्रर्धी फेशनका विद्यार्थीहरुले आआफुले तयार पारेका फेशन (पोषाक) हरु सहित प्रतिस्प्रर्धामा सहभागि भएका थिए ।

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij