सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने

सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा बेङक्युटमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरीएको सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले जानकारी दिईन ।

कार्यक्रममा नेपालि कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गंगा शाही, एमालेबाट पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र माओबादी केन्द्रको तर्फबाट पुर्व सचांरमन्त्री रेखा शर्मा बक्ताको रुपमा आमन्त्रण गरीएको छ । उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरीएको र उक्त कार्यक्रममा लुम्बिनी प्रदेसका महिला सभासद, स्थानीय तहका महिला प्रमुख उप प्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडा अध्यक्ष, महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरीएको उप प्रमुख अधिकारीले जानकारी दिईन ।

महिला जनप्रतिनिधीहरु बिच कार्यसम्पदानमा आईपरेका समस्या, समाधान, उपलब्धि, भावि सम्भावना लगायतका बिषयमा केन्द्रीत रहेर अन्तरसम्वाद कार्यक्रमको आयोजना गरीएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, चैत्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij