रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गर्नुभएको छ । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिनुभएको छ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि त्यसैअनुसार कदम चाल्ने अपेक्षा गर्नुभएको छ । यदि युक्रेनले युद्धविराम उल्लङ्घन वा कुनै प्रकारको उकास्ने कार्य गर्यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिनुभएको छ ।
यसैबीच पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गरे पनि भइरहेको युक्रेनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुले युद्धविरामको पालना गर्ने तर रुसबाट निरन्तर आक्रमण भइरहेको बताएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्