JanataToday.com

Advertisment

SKIP THIS

अनलाईनको नाम मिल्दा गलत व्यक्ति पक्राउ, वास्तविकता नबुझी पत्रकार पक्राउ

अनलाईनको नाम मिल्दा गलत व्यक्ति पक्राउ, वास्तविकता नबुझी पत्रकार पक्राउ

बुटवल । गत चैत १ गते(मार्च १४) अनलाईन आवाज डट नेट(onlineaawaj.net) नामक अनलाईन भ्रमक समाचार राखेकोमा प्रहरीले बुटवलबाट सञ्चालन भएको छुट्टै (अर्को) अनलाईन आवाज डट कम (onlineaawaj.com) का सह सम्पादक गौरव खनाललाई प्रक्राउ गरेको छ ।

धान खाने मुसो चोट पाउने भ्याउतो भने झै प्रेस काउन्सले पत्र काटेको भन्दै प्रहरीले बुधवार साँझ आफ्नै घरमा बसीरहेको समयमा कपिलवस्तु जिल्लाको बंगगंगा कोपवा बाट दोषि नै नरहेका खनाललाई नियन्त्रणमा लिएको थियो ।

गत चैत १ गते अनलाईन आवाज डट नेट नामको अनलाईनले ‘सृंखलाबद्ध बम विष्पोट, २२ को मृत्यु’ शिर्षक राखेर फेक समाचार प्रकाशन गरेको थियो । जसलाई प्रेस काउन्सीले सोही दिन नै स्पष्टी करण सोधेको छ ।

पोष्ट पाटी डट कम मा राससबाट प्रकाशित समाचार अनुसार गत चैत १ गते लेखिएको छ‘ बम विष्टोपटको झुटो विवरण लेख्न अनलाईनलाई २४ घण्टे स्पष्टीकरण’ शिर्षक राखेर स्पष्टरुपमा लेखेको छ ।

अनलाईन आबाज डट नेट(onlineaawaj.net) लाई स्पष्टीकरण सोधेको भनेर लेखेको छ । जसमा प्रेस काउन्सीलका उप प्रशासकीय अधिकृत रामशरण बहोराले प्रेस विज्ञप्ती जारी गरेको समेत उल्लेख गरिएको छ ।

सोही अनलाईन(अनलाईन आबाज डट नेट)ले राखेको समाचारको विषयमा प्रेस काउन्सीलका कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठले समेत आफ्नो फेसबुुुकमा राख्नुभएको स्टाटसले पनि अनलाईन आबाज डट नेट नै स्पष्ट रुपमा उल्लेख गर्नुभएको छ ।
प्रेस काउन्सीलले अनलाईन आबाज डट नेट अहिले बन्द गराएको छ ।

प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राख्नुभएको फेसबुक स्टाटस, जसमा अनलाईन आवाज डट नेट नै उल्लेख गरिएको छ ।

तर नाम अनर्लाइन आबाट डट नेट(Onlineaawaj.net) र अनलाईन आवाज डट कम (onlineaawaj.com) फरक हुन । बुटवल बाट सञ्चालन भएको अनलाईन आवाज डट कमले त्यस्तो खालको समाचार कहिल्यै पनि राखेको छैन । यसको फेसबुक एकाउन्टमा अग्रेजीमा onlineaawaj अनलाईन आवाज डट कम रहेको छ । जुन समाचार उक्त फेसबुक एकाउन्ट बाट सेयर पनि गरिएको छैन ।

एउटा व्याक्ती समाउनुपर्नेमा उल्टै नाम मिल्दो जुल्दो भएको कारण आफुलाई प्रहरीले नियन्त्रणमा लिएर काण्माण्डौ लगेको सह सम्पादक गौरव खनालले बताएका छन् ।

उज्यालो अनलाईनमा प्रकाशित समाचार अनुसार पिडीत गौरब लाई सफाई दिनुको सट्टा उल्टै अनुसन्धानको लागि भन्दै अदालतबाट म्याद थप गरिएको जनाइएको छ ।

यस विषयामा अनलाईन आवाज डट कम का अध्यक्ष कृष्ण पौडेलले नाम मिल्दो जुल्दो भएको कारण गलत व्याक्ति प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउनु गलत भएको बताएका छन् । उनले अनलाईन आवाज डट कम र डट नेट फरक अनलाईन भएको हेक्का समेत नराखीले प्रहरीले दुख दिने नियतले सह सम्पादक प्रक्राउ गरेको प्रति खेद प्रकट गरेका छन् ।

पिडीत गौरव खनालका दाजु गोपाल खनालले आफ्नो भाई निर्देष रहेको भन्दै प्रेस काउन्सीलमा शुक्रबार निवेदन दिने र यदी सुनवाई नभएमा अदालतको ढोका समेत ढकढकाउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले अनलाईन आवाज डट कम र अनलाईन आवाज डट नेट को विषयमा प्रहरी स्पष्ट भएर मात्रै कारवाही अगाडी बढाउनुपर्ने बताएका छन् ।

अनलाईन आबाज डट नेट नामक अनलाईनले फेसबुकमा भने अनलाईन आबाज डट कम नै लेखेर एकाउन्ट बनाएको छ । जुन फेक एकाउन्ट हो । जुन एकाउन्ट संग अनलाईन आबाट डट कमको कुनै पनि संलग्नता रहेको छैन । केही महिना मात्रै अगाडीसञ्चालन आएको अनलाईन आबाट डट कमको फेसबुकमा लाईक जम्मा २ सय ५१ जनाको मात्रै छ ।

तर अनलाईन आबाज डट नेट नामक अनलाईनले बनाएको फेसबुमा एकाउन्टमा १ लाख ४१ हजार भन्दा बढि लाईक छ । केही समय पहिला मात्रै सञ्चालनमा आएको अनलाईन आबाज डट कमको लाईक पेज यति धेरै हुनु आफैमा असंभव हो । जसको समाचार सेयर गर्नको लागि सह सम्पादक गौरव खनाल एडमीन हुनु आवश्यक छ । तर फेक फेसबुक एकाउन्टमा उनी एडमीन छैनन् ।

उनी एडमीन भएको फेसबुक एकाउन्ट अग्रेजीमा अनलाईन आबाज डट कम रहेको छ । जुन नै onlineaawj अनलाईन आबाजडट कमको आधिकारीक फेसबुक एकाउन्ट भएको अध्यक्ष कृष्ण प्रसाद पौडेलको भनाई छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij