काठमाण्डौ – महिला टी–२० विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
आउँदो मे मा थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटका लागि इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको अन्तिम टोलीमा पुजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।
मे ७ देखि २१ तारिखसम्म हुने एशिया छनोटमा नेपालसहित ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इङ्ग्लयाण्डमा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्