पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली, आज पनि हिजोजस्तै गर्मी

पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली, आज पनि हिजोजस्तै गर्मी

सबैभन्दा धेरै तापक्रम भैरहवामा ४० दशमलव ६ डिग्री सेल्सियस मापन

काठमाण्डौ – देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यका, मधेश प्रदेशलगायत तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

सबैभन्दा धेरै तापक्रम भैरहवामा ४० दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । देशभर गर्मी बढिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij