कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गोली प्रहारबाट एकजनाको हत्या भएको छ । अज्ञात समूहको गोली प्रहारबाट विद्यानगरका ४५ वर्षका पारस पुरीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।
आइतबार राति गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा मृत्यु भएको हो । पुरीको छातिमा गोली लागेको थियो ।
एउटा मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै लगेर गोली प्रहार गरी भागेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्