JanataToday.com

Advertisment

SKIP THIS

हावाहुरीमा पर्नेहरुको उद्धार जारी, आसपासका जिल्लाबाट सुरक्षाकर्मी खटाइए

हावाहुरीमा पर्नेहरुको उद्धार जारी, आसपासका जिल्लाबाट सुरक्षाकर्मी खटाइए

काठमाडौँ — गएराति बारामा आएको हावाहुरीले बिचल्ली बनाएकाहरुको सोमबार बिहानैदेखि उद्धार सुरु गरिएको छ । बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार उद्दारका लागि हेटौंडा वीरगञ्जबाट थप प्रहरी झिकाइएको छ ।

उनका अनुसार बाराको तत्कालीन गाविस पुरहनिया- ३ र ६ नम्बर वडामा बढी क्षति पुगेको छ । उनले गएरातिदेखि नै उद्धार गरिएको भएपनि बिहानदेखि थप सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

हावाहुरीले सिमेन्ट प्रयोग गरिएको तर पिलर नभएका घरहरु ढलेका कारण मानवीय क्षति बढी हुनसक्ने अनुमान गरेका छन्। उनले भने, ‘सिमेन्ट प्रयोग गरेपनि पिलर नहालिएका घरहरु ढलेका छन्। ती घरहरुले केहीलाई किचेको हुनसक्छ। हामीले उद्धार कार्य जारी राखेका छौं।’

उनले हावाहुरीमा पर्ने बालबालिका धेरै हुनसक्ने अनुमान गरेका छन्। भट्टराईले स्थानीय रेडक्रसले चाउचाउ र बिस्कुट बाँडिरहेको जानकारी दिए।

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ। हावाहुरीले बारा र पर्सामा आइतबार राति कम्तीमा २७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij