काठमाण्डाै – यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टाेली पहिलाे पटक टी–२० विश्वकपकाे ग्लाेबल छनाेटमा पुगेकाे हाे ।
एशिया छनाेटकाे ‘सुपर–थ्री’ मा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाइन् । यूएईकी मिचेल बोथा, सुरक्षा कोटी, वैष्णवी महेश र ईशा वजाले १/१ विकेट लिए ।
यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् ।
अब नेपालले सुपर–थ्रीकाे दाेस्राे खेलमा भाेलि थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्ड पनि यूएईलाई हराउँदै ग्लाेबल छनाेटमा पुगिसकेकाे छ ।
नेपाल एशिया छनोटमा समूह ‘सी’ को विजेता बन्दै सुपर–थ्रीमा पुगेको थियो । यस्तै आयाेजक थाइल्यान्ड समूह ‘ए’ को र यूएई समूह ‘बी’ काे विजेता बन्दै सुपर–थ्रीमा पुगेका थिए ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्