काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।
अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् ।
नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।
सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।
थाइल्याण्ड हालसम्म यस प्रतियोगितामा अपराजित छ । समूह चरणमा २ जित निकाल्दा २ रद्द भएको थियो भने सुपर थ्री मा यूएईलाई हराएको थियो ।
नेपालकी कप्तान इन्दु बर्माले थाइल्याण्डलाई हराएर एसिया छनोटको उपाधि नै जितेर फर्कने लक्ष्य राखेको बताइन् । ‘अब हामीलाई हार्नका लागि केही पनि छैन त्यसकारण त्यही हिसाबले पोजिटिभ खेल खेल्ने छौं’ उनले भनिन् ।
नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराउँदा हङकङसँग पराजित भएको थियो भने हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितसहित अगाडि बढेको थियो ।
महिला टी-२०आईमा नेपालले थाइल्याण्डलाई हालसम्म हराउन सकेको छैन ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्