रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ

रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै उनकी पत्नी निकिता पौडेलद्वारा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

मुद्दाको सुनुवाइ न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा हुने तय भएको हो। यसअघि मंगलबार यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो भने बुधबार संवैधानिक इजलास बसेकाले सुनुवाइ सम्भव भएन।

वैशाख ७ गते निकिता पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।

आजको सुनुवाइमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रारम्भिक बहस गर्नेछन्। त्यसपछि पूर्व डीआईजी छविलाल जोशीका कानुन व्यवसायी, पीडित पक्षका कानुन व्यवसायी तथा सरकारी वकिलहरूले आ-आफ्नो पक्षबाट बहस गर्नेछन्।

साथै, यही इजलासमा रवि लामिछाने र छविलाल जोशीसँग सम्बन्धित अन्य मुद्दाहरूको पनि सुनुवाइका लागि पेसी तोकिएको छ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij