रुपन्देही प्रहरीले लागु औषध सहित चार जना पक्राउ

रुपन्देही प्रहरीले लागु औषध सहित चार जना पक्राउ

तिलोत्तमा , रुपन्देही प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । वुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरबाट लागु औषध ब्राउन सुगर कारोबार हुदै छ भन्ने गोप्य सुचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोली ले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर बस्ने २४ बर्षको बिष्णु थापा , वुटवल उपमहानगरपालिका वडा नं ७ शिवनगर बस्ने २४ बर्षे सन्दिप सुनार , कपिलबस्तु यशोधरा गाँउपालिका बडा नं १ बस्ने २९ बर्षे विवेक चौधरी र कृष्णनगर नगरपालिका वडा नं ९ बस्ने २० बर्षे बिपिन चौधरीरहेका रुपन्देही प्रहरीले जनाएको छ ।

पक्राउ परेका हरुबाट ब्राउन सुगर ४ ग्राम तीन सय ८० मिलिग्राम र डिजिटल तराजु एकथान बरामद गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाइ रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय रुपन्देहीबाट आबश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij