तीनकुने घटनामा अनुसन्धान भइरहेकामध्ये ६२ जनाविरुद्ध मुद्दा दायर

तीनकुने घटनामा अनुसन्धान भइरहेकामध्ये ६२ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डाै – काठमाण्डौको तीनकुनेमा चैत १५ गते भएको घटनाका आरोपीविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकील कार्यालय काठमाण्डाैले आज ६२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो । रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध भोलि मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

६२ मध्ये ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको कसूरको मुद्दा छ । आन्दोलनका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यानको कसूरमा मुद्दा दायर गरिएको सरकारी वकील कार्यालयका प्रमुख रामहरि शर्माले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राजद्रोहमा मुद्दा दर्ता हुने भएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij