कांग्रेस पदाधिकारी बैठक बस्दै : भिजिट भिसा प्रकरणदेखि क्रियाशील सदस्यतासम्म एजेन्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै : भिजिट भिसा प्रकरणदेखि क्रियाशील सदस्यतासम्म एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । एक पदाधिकारीले बैठकको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएपछि अब के गर्ने भन्ने छलफल गर्ने रहेको जानकारी थिए

‘मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्यू मुछिएपछि के गर्ने भन्ने हो रु बैठक बसेपछि त अन्य विषय पनि भइहाल्छन्,’ ती पदाधिकारीले रातोपाटीसँग भने

बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पाटी पदाधिकारीलाई ब्रिफिङ गर्नेछन् ।मुख्यसचिव पौडेलले महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत ९सहसचिव० तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएर उनका डिभाइस जफत गरेपछि शङ्काको सुई गृहमन्त्री लेखकसम्म पुगेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij