मेयर खाँले पर्यटनमन्त्री पाण्डेलाई दिए धन्यवाद

मेयर खाँले पर्यटनमन्त्री पाण्डेलाई दिए धन्यवाद

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नगरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेलाई धन्यवाद दिनुभएको छ । सोमबार मन्त्री पाण्डेको अगुवाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसहित समग्र पर्यटनको विषयमा सर्वपक्षीय छलफल भएको थियो ।

मन्त्री पाण्डेको पहलमा सरोकारवाला मन्त्रालय र निकायहरुको सहभागीतामा सर्वपक्षीय सम्वाद हुनु विमानस्थल सञ्चालनको लागि सकारात्मक कदम भएको मेयर खाँले बताउनुभयो । आफूले यसअघि गत चैत २८ मा विमानस्थल सञ्चालनको लागि सार्थक पहल गर्न आग्रह गर्दै गरेको पत्राचारको ढिलै भए पनि सुनुवाइ भएको भन्दै मेयर खाँले मन्त्री पाण्डेसहित छलफलमा सहभागी श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा देउवा र सरोकारवाला सबैलाइ धन्यवाद दिनुभएको हो । छलफललाई निरन्तरता दिदै छिट्टै परिणाम निकाल्न आग्रह गर्दै अन्यथा आन्दोलनको विकल्प नरहेको समेत उहाँले दोहोर्याउनु भएको छ ।

यसैबीच मेयर खाँले सिद्दार्थनगर नगरपालिकालाई महानगर वा उपमहानगर बनाउन माग गर्नुभएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा आयोजित राष्ट्रिय सभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुखबीचको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग राख्दै यो कुरा राष्ट्रिय सभामा राख्न सभाका सदस्यहरुलाई आग्रह समेत गर्नुभयो ।

साथै उहाँले सबै काम सिंहदरबारबाट गर्ने÷गर्न खोज्ने र स्थानीय तहलाइ अधिकार नदिने हो भने स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसक्ने बताउनुभयो । कार्यक्रम संघीय संसद सचिवालय, सिंहदरबारको आयोजनामा भएको थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij