गोली हानेको भन्दै ७ जनाविरुद्ध उजुरी, गोली नै हानेको भन्नेमा शंका

गोली हानेको भन्दै ७ जनाविरुद्ध उजुरी, गोली नै हानेको भन्नेमा शंका

रामनयन यादव

बुटवल-कपिलवस्तुमा सत्तारुढ समाजवादी पार्टीका जिल्लास्तरीय नेतामाथि आक्रमण गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।

आक्रमणबाट घाइते भएका रामनयन यादवले शुद्धोधन-५ का शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी, ४ का अनिल चौधरीलगायत ७ जनाविरुद्ध उजुरी गरेका हुन्।

उनले प्रहरीमा उजुरी गरेपनि प्रहरीले भने गोली प्रहार भए-नभएकोमा शंका व्यक्त गरेको छ। शुरुमा यादवले गोली प्रहार भएको बताए पनि अस्पतालमा उपचारका क्रममा चिकित्सकले शंका व्यक्त गरेपछि प्रहरीले गोली प्रहारबारे शंका व्यक्त गरेको हो। सुरुमा प्रहरीले यादवकै भनाईको आधारमा गोली प्रहार भएको बताएको थियो।

अस्पतालमा परीक्षण गरेपछि प्रहरीले यादवमाथि गोली प्रहार भए-नभएको अझै यकीन भइनसकेको बताउँदै अनुसन्धान भइरहेको बताएको छ। प्रहरी उपरिक्षक दीप शमशेर जबराले यादवको पाखुरामा देखिएको चोट गोली प्रहारले भएको जस्तो नदेखिएकोले थप अनुसन्धान थालेको बताए।

तर, यादवले भने आफुमाथि गोली प्रहार भएको दाबी गरेका छन्। ‘बल्लतल्ल ज्यान जोगाएँ, गोली हानेपछि उनीहरु दक्षिण तर्फ भागेका थिए’–उनले भने। लुम्बिनी–तौलिहवा सडकखण्ड अन्तर्गत शुद्धोधन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टीका जिल्ला स्तरीय नेता ४० बर्षिय यादव माथि आक्रमण भएको हो।

शुद्धोधन-५ बिचौवापुरका यादव बिहीवार दिउसो १ बजेतिर लु १९ प ४४४३ नम्बरको मोटरसाईल चढेर लबनीबाट तौलिहवा जाँदै थिए।

प्रकाशित मिति : शुक्रबार, साउन १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij