काठमाण्डौ – पूर्व–पश्चिम राजमार्गको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेको छ ।
आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । पहिरो फाल्न मेशिन प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।
सडक माथिबाट थप पहिरो नखसे अबको २–३ घण्टाभित्र सडक सञ्चालनमा आउने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्